एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत जिम्बाबेविरूद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ।
नेपालका लागि वसन्त रेग्मीले विकेट लिएका हुन्। यसअघि दास्रो विकेट पनि उनले नै लिएका थिए। तेस्रो विकेटमा रेग्मीले ५२ रन बनाएका सोलोमन मायरलाई आउट गरेका हुन्।
पहिलो विकेटमा ४१ रन बनाएका जुआओलाई सन्दीप लामिछानेले आउट गरेका थिए। क्विन्स स्पोर्टस् क्लबको मैदानमा टस हारेको नेपालले पहिला फिल्डिङ गरेको हो।