चुनाव जित्नका लागि गाउँमा पैसाको खोलो बगाउनेलाई अगामी मंसिरमा हुने निर्वाचनमा गाँउ पस्न नदिने भन्दै मनाङवासीले त्यस्ता व्यक्तिलाई सचेत गराएका छन् ।
भ्राकाका टाँसी घले भन्छन्, चुनावमा भोट खरीद गर्ने काम हुन्छ, विगतमा धेरै भयो, नागरिकलाई पनि चेतना थिएन, तर अब हामी त्यसो हुन दिन्नौ, चुनावमा जित्न पैसा हैन राम्रो विचार गरेर आउनु। अघिल्लो चुनावमा काँग्रेसले सोही गाँउका तेन्जीन स्याक्पा गुरुङले भोट बेचेको भन्दै स्थानीयहरूले अबको चुनावमा त्यस्तो हुन नदिने बताए । नोर्वु गुरुङ भन्छन्, ‘अघिल्लो चुनावमा भोट किनबेच भयो, यस पटक हामी त्यसो हुन दिन्नौ, तेन्जीन स्याक्पा हैन जो सुकै आएपनि हामी छाड्दैनौँ ।’
चुनावी अभियानमा जुटे मनाङेमनाङ जिल्लाबाट प्रदेशसभामा एमाले उम्मेदवार सिफारिसमा परेका दीपक मनाङेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
चुनाव प्रचारप्रसार तथा कार्यकर्ता भेटघाटमा मनाङेले नारफु गाउँपालिका ५ ओटा वटा र पिसाङ गाउँपालिकाका ९ ओटा वडामा पुगेको र मनाङवासीमा चुनावको माहोल श्रृजना भएको छ ।
‘मलाई मनाङका जनताले मन पराएका छन्, मनाङका जनताले चाहेका कारण म राजनितिमा होमिएको हो, मेरा विरोधीले देख्न नसकेर मेरो बारेमा विभिन्न नराम्रा टिका टिप्पणीहरू गर्न थालेका छन्, मनाङवासीले त्यस्ता कुनैपनि कुरालाई पत्याउने वाला छैनन्’ उनले भने ‘जुन गाँउ गएपनि सबैजना रमाउँदै मलाई सर्मथन गर्छन्, तर पनि मेरो बारेमा गलत प्रचार गर्ने काम भएको छ, त्यसलाई मनाङवासीले बुझेका छन् ।’
यो पनि हेर्नुहोस्