नौकुण्ड गाउँपालिकाको केन्द्र, सरमथलीको पारच्याङसम्म यातायात सेवा सञ्चालनमा आएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकाको बोगटीटारदेखि भोर्ले हुँदै नौकुण्ड गाउँपालिकाको केन्द्र सरमथलीको पारच्याङसम्म सडक विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन्। गाउँमा पहिलो पटक बिहिबार पुगेको गाडी (जीप) देखेर स्थानीय वृद्धवृद्धा दंग परेका थिए ।
सांसद विकास कोषको २० लाख रुपैयाँ र नौकुण्ड गाउँपालिकाको २० लाख रुपैयाँ गरी ४० लाख रुपैयाँको लगानीमा सडक विस्तार गरी पारच्याङसम्म गाडी सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमा उब्जनी भएका कृषि सामग्रीलाई बजार पु¥याउन, बजारबाट खाद्य सामग्री गाउँ भित्र्याउन र आवास निर्माणका लागि निर्माणजन्य सामग्रीको ढुवानी गर्न सहजता भएको नौकुण्ड गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष मेम्मरसिंह तामाङले बताउनुभयो ।
गाडी सञ्चालनले नौकुण्ड गाउँपालिकाको यार्सा, सरमथली र भोर्लेका बासिन्दालाई गाउँबाट शहर जोड्न सहयोग पु¥याएको छ । कच्ची सडक भएकाले यात्रुलाई सेवा पु¥याउन जिप र सामग्री ढुवानी गर्न मिनीट्रक सञ्चालनमा ल्याइएको छ ।
सडक सञ्चालनमा आएसँगै सो क्षेत्रको विकास र आर्थिक समृद्धिमा सहयोग पुग्ने भन्दै व्यवस्थित सडक बनाउन स्थानीय तहको कार्यालयले बजेट छुट्याउने जनाएको छ ।