मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले शर्मालाई नियन्त्रणमा लिएको हो।
घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ हो। उनलाई पक्राउ गरेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए।
जग्गा रजिष्ट्रेशन पास गर्ने भनी शर्माले सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ मागेका थिए। त्यस पश्चात् सेवाग्राहीले अख्तियारमा उजुरी दिएको बताएको छ।
मालपोत कार्यालय बागलुङका प्रमुख शर्मा आफ्नै कार्यकक्षमा घुस लिँदै गर्दा पक्राउ गरिएको हो। आयोगले नम्बर टिपेर पठाएको १० हजार रुपैयाँ शर्माबाट बरामद गरिएको हो।
अख्तियार सूचना अधिकारी रमेश ढकालले शर्मालाई कानूनी कारबाही र थप अनुसन्धानका लागि पोखरा लगिएको जानकारी दिएका छन्।