प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेला भर्नका लागि काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रबाट भक्तजन आउने गर्दछन्।
उक्त मन्दिरमा मेला भरेमा ठूलाठूला रोग नलाग्ने, कुष्टरोग निको हुने जनविश्वास छ । पारिवारिक सुख, समृद्धि कायम हुने स्थानीय बूढापाका बताउँछन् ।
आदि नर र आदि नारीका रुपमा अभिव्यक्त भएको मूर्तिलाई आदिनाथ भनेर पुज्ने गरिन्छ । पुजारी सरोज शाक्यका अनुसार उक्त स्थानमा प्रत्येक वर्ष चैतेदशैंका दिन पनि मेला लाग्ने गर्दछ । यो एक महिनाको अवधिमा भक्तजन निर्जला वर्त पनि बस्ने गर्छन् ।
पुरातत्व विभागले मन्दिर जीर्ण भएका कारण मर्मत सम्भार पनि गरेको छ ।