बर्दियामा आज बिहान ९ बजेदेखि कर्फ्यु हटाइएको छ।
बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका ८ः३० देखि १२ बजेसम्म झडप हुँदा तनाव उत्पन्न भएपछि प्रशासनले सोमबारबाट कर्फ्यु आदेश जारी गरिएको थियो।
गुलरिया नगरपालिका–११ नम्बर वडामा रहेको घाटमा हिन्दुहरूको दुर्गा(दशैंको टिका) र मुस्लिमहरूले ताजिया दहन गर्ने परम्परा रहिआएको र आइतबार दुवै समुदाय एकपटक त्यहाँ पुग्दा झडप सुरू भएको थियो।
एउटै ठाउँमा दुई समुदाय भेला हुने अवस्था आएपछि प्रशासनले त्यहाँका हिन्दुहरूलाई शनिबार र मुस्लिम समुदायलाई आइतबारमात्र दहन गर्ने व्यवस्था मिलाएको भएपनि बाँकेबाट हिन्दुहरू एक्कासी पुगेपछि झडपको अवस्था उत्पन्न भएको प्रजिअ नारायण भट्टराईले बताए।
स्थिति सामान्य भएपछि कर्फ्यु हटाइएको उनले बताए।