बडादशैंको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरूले आफूहरूलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनसन र धर्ना जारी राखेका छन् ।
आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनसनमा छन् भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् ।
संघका सहअध्यक्ष ठमिन्द्र खतिवडाकाअनुसार आफूहरू दशैंमा घर नगएको र टीका बहिष्कार गर्न बाध्य भएको बताए । त्रिविमातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
उनले सरकार र त्रिवि नेतृत्वसँग माग पूरा गराउने विषयमा अनौपचारिक कुराकानी भएको जानकारी दिए । डा गजुरेलेको पिसाबमा खराबी र उच्च रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । यसअघि गरिएको ६४ दिनको रिले अनसनबाट माग सुनुवाइ नभएका भन्दै डा गजुरेल आमरण अनशनमा बसेका हुन् ।