अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने १ सय भन्दा बढी घाइते भएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक स्थानीय रहेपनि उसको नाम भने खुलिएको छैन । उक्त बन्दुकधारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्।
बन्दुकधारीले म्याण्डले बे होटल तथा क्यासिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ। घटनाको अनुसन्धान भइरहैको प्रहरीले बताएको छ।