रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौंसम्म जाने सम्पूर्ण सवारी साधन र सयौँं यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।
सडकमा माटोसँगै ठूला/ठूला चट्टान खसेका कारण सडकमा खसेको पहिरो हटाउन पनि लामो समय लाग्नेभएका कारण आज दिनभर नै सडक सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ ।