नयाँ व्यवस्था अनुसार स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरू गरेको छ ।
बाँके जिल्लाबाट शनिबार देशमै पहिलो पटक स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरणको सुरूवात गरिएको हो । शनिबार आयोजित कार्यक्रममा बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा रहेका यस जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले हस्तान्तरण गरे।
कार्यक्रममा मन्त्रालयका सचिव डा रेग्मीले स्थानीय निकायका पदाधिकारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे। रासस