बर्दियामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।
शनिबार राति साढे ११ बजेतिर मधुबन नगरपालिका–८ लालसिंहचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किएका हुन्र
दुर्घटनामा परी मधुबन नगरपालिका–८ लालिबजारका ३२ वर्षीय टंकबहादुर बिसी र गुलरिया नगरपालिका–२ का देवानन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पताल गुलरियामा मध्यराति मृत्यु भएको हो।
दुर्घटनाका अर्का गम्भीर घाइते गुलरिया नगरपालिका–२ का ३३ वर्षीय अनुपम यादवलाई भने बर्दियामा उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा पुर्याएर उपचार जारी छ।
सानोश्रीबाट गुलरिया तर्फ जाँदै गरेको देवानन्द यादबले चलाएको भे १३ प २६६९ मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको टंकबहादुर बिसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
मृतकको दुवै जनाको शव पोष्टमर्टम पछि आइतबार दिउँसो आफन्तले बुझेको डिएसपी पालले बताए।
रातिको समयमा तीव्र गतिका मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको भनाइ छ।