ललितपुरको एकान्तकुनामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार बिहान ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
जिल्ला प्रहरी परिसरक ललितपुरका अनुसार ठक्करबाट मोटरसाइकल चालक गोरखा घर भई काठमाडौंको नैकाप बस्ने ३० वर्षीय संजीब अधिकारीको मृत्यु भएको छ।
उनको उपचारका क्रममा शनिबार दिउँसो अल्का अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार महिलाको पनि अल्का अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।