चितवनमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौं आइरहेको बस र चितवन जाँदै गरेको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।