चितवनको खैरहनी-८ स्थित आहार क्याफेमा खाजा खाइरहेका व्यक्तिहरूमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको छ।
गैंडाकोट बस्ने सरोज क्षेत्री लगायतका ३/४ जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनीहरूलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिए।
चितवनको राप्ती-४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोलेको बायाँ हातको नाडीमा गहिरो चोट, राप्ती-२ बस्ने २८ वर्षीय गणेश लामाको बायाँ हात र तिघ्रामा चोट लागेको छ। खैरहनी-९ सिमलटाँडी बस्ने २७ वर्षीय अमृत आचार्य पनि घाइते भएका छन्।
घटनाको अनुसन्धानको लागि राप्ती-४ भवानीपुर बस्ने २९ वर्षीय मिलन रूम्बा र सोही ठाउँका २९ वर्षीय विशाल लामालाई नियन्त्रणमा लिइएको खनालले जानकारी दिए।
घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।