काठमाडौंमा ढलले बगाएका व्यक्तिको उद्धार भएको छ।
शुक्रबार मध्याह्न सवा १२ बजे काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ बाबा चोकनजिकै एक जना पुरूष ढलमा खसेका थिए।
ढलमा खसेका उनलाई बगाएर केही तल पुर्याएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार ती पुरूषलाई उद्धार गरिएको छ।
प्रहरी वृत्त बौद्धबाट डिएसपी जयश्वर रिमालको कमाण्डमा खटिएको टोलीले ती पुरूषलाई उद्धार गरेको हो। ती पुरूषलाई ढलले बगाएर करिब एक सय पर पुर्याएको थियो।
दोलखा घर भई मुलपानी खहरेमा बस्दै आएका ६० वर्षीय तोरणबहादुर बस्नेतको उद्धार गरिएको प्रहरीले जनाएको छ।
उनको शरीरमा चोट देखिएको छैन। उनलाई परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।