काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान ३ बजे काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्कँदै गरेको बा ४ ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-७ का ४८ वर्षीय लवकुश अधिकारी छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनले चलाएको टिपर सडकबाट आफै ब्याक भएर एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।