रोल्पा जिल्ला अदालतमा ८० प्रतिशत मुद्दा फर्छ्यौट भएको छ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ८०.६ प्रतिशत मुद्दा फर्छ्यौट भएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
उनका अनुसार अदालतमा ६८० वटा मुद्दा दर्ता भएका थिए। त्यसमध्ये ५४८ वटा मुद्दाको फर्छ्यौट भएको हो।
उक्त आर्थिक वर्षमा ५०२ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो। तर त्योभन्दा बढी फर्छ्यौट भएको हो।
पन्थीका अनुसार रोल्पामा एक वर्ष नाघेका मुद्दा बाँकी छैनन्। यसरी एक वर्षभन्दा बढी समयका मुद्दा बाँकी नरहेको पहिलो रेकर्ड समेत बनेको पन्थीले जानकारी दिए।
सबैभन्दा पुरानो मुद्दा गत साउन ४ गते दर्ता भएको बैंकिङ कसुर सम्बन्धी हो।
रोल्पा अदालतमा सबभन्दा धेरै मुद्दा सम्बन्ध बिच्छेदका दर्ता हुने गरेको छ।
एक वर्षमा त्यहाँ ४२३ वटा मुद्दा मात्रै सम्बन्ध बिच्छेदको रहेको सूचना अधिकारी पन्थीले बताए।
‘६३ प्रतिशत मुद्दा यहाँ सम्बन्ध बिच्छेदका छन्,’ उनले भने।