नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएको छ।
इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भइ सडकमा पल्टिएको हो।
दुर्घटनापछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ।
ट्रक हटाउनको लगि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।