काठमाडौं महानगरपालिका वडा नं २६ मा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ।
तारणी बहालमा भएको निःशुल्क स्वास्थ्य शिविरमा विशेष गरेर घुँडा, हड्डी, मधुमेह, युरिक एसिड, भिटामिन डी, क्याल्सियम, बाथ रोग लगायतको परीक्षण भएको थियो। त्यस्तै अल्ट्रसाउण्ड र इसिजी सेवा समेत उपलब्ध थियो।
झण्डै २ सय जना जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण गराएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.ज्ञानेन्द्र शाहले जानकारी दिए।
शिविरमा आउनेहरूमा घुँडा खिइने, मेरूदण्ड खिइने, मधुमेह लगायतका समस्या देखिएका थिए।
काठमाडौं महानगरपालिका वडा नं २६ र नेपाल कार्डियोको संयुक्त आयोजनमा भएको स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञद्वय डा.ज्ञानेन्द्र शाहले र डा.शंकर थापा सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो।