दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
शनिबार मध्याह्न तुलसीपुर उपमहानगरपालिका-१८ स्थित अम्बाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको हो।
मृत्यु हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका ९ सिस्नेरी स्थायी घरभई हाल तुलसीपुरमा अध्ययनका लागि बस्दै गर्दै आएका १६ वर्षीय भूपेन्द्र विक रहेको प्रहरीले जनाएको छ।
उनी शनिबार मध्याह्न साथीहरूलाई लिएर पौडी खेल्न गएका थिए।
उनको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।