भारत-पाकिस्तानबीचको तनाव उत्कर्षमा छ।
दुवै देशले एक-अर्काको भूमिमा मिसाइल आक्रमण गरेका छन्। भारतले पाकिस्तानमा आतंकवादी संगठनहरूको अड्डामा निशाना बनाएर बुधबार बिहान आक्रमण गरेको थियो।
बिहीबार बेलुका पाकिस्तानको सैन्य इलाकाहरूलाई लक्ष्य गरेर आक्रमणपछि भारतले पनि जबाफस्वरूप पाकिस्तानी हवाई रक्षा प्रणालीहरूलाई लक्ष्य गरेर आक्रमण गरेको थियो।
दुई देशले युद्ध नै घोषणा भने गरेका छैनन्। यद्यपि दुई देश फुलस्केल युद्धको संघारमा रहेको भनेर अन्तर्राष्ट्रिय समुदायहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।
नेपालमा पनि भारत-पाकिस्तान सम्भावित युद्धबारे चासो बढेको छ। छिमेकी मुलुक भएकाले भारत-पाकिस्तान फुल स्केल युद्ध हुँदा नेपाललाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्छ।
मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा रहेको भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ। समाजले युद्ध निषेध:शान्ति विशेष भन्दै दुवै दूतावास अगाडि शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन्।
'युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सवैको जय हुन्छ, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ। तसर्थ शान्तिको कुनै विकल्प हुदैन भन्दै युद्ध एवं आणविक अस्त्ररहित विश्वको परिकल्पनासहित जहाँ कहीँ पनि होस् युद्ध अन्त्यका लागि हामी निरन्तर युद्ध निषेधः शान्ति विशेष भन्ने आह्वानसहित अभियानरत छौं। त्यसमा पनि दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔं भन्ने आग्रहसहित हाम्रो अभियान दशकौदेखि जारी छ,' शान्ति समाजले भनेको छ।
समाजले भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न, विद्यमान तनाव मत्थर पार्न र शान्ति प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरेको छ।
तस्बिरहरूः
-ink-1746779087.jpeg)
-ink-1746779087.jpeg)
-ink-1746779086.jpeg)
-ink-1746779086.jpeg)
-ink-1746779085.jpeg)
-ink-1746779085.jpeg)
-ink-1746779084.jpeg)
-ink-1746779084.jpeg)
-ink-1746779082.jpeg)
-ink-1746779082.jpeg)
-ink-1746779081.jpeg)
-ink-1746779081.jpeg)
-ink-1746779080.jpeg)
-ink-1746779080.jpeg)
-ink-1746779079.jpeg)
-ink-1746779079.jpeg)
-ink-1746779078.jpeg)
-ink-1746779078.jpeg)
-ink-1746779077.jpeg)
-ink-1746779077.jpeg)
-ink-1746779076.jpeg)
-ink-1746779076.jpeg)
-ink-1746779075.jpeg)
-ink-1746779075.jpeg)
-ink-1746779075.jpeg)
-ink-1746779075.jpeg)
-ink-1746779074.jpeg)
-ink-1746779074.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी।