काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चैत १५ गते भएको उक्त आन्दोलनमा संलग्न थप एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ३९ वर्षीय मनबहादुर कालामगर छन्।
उनले राष्ट्रिय मानवअधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गरेको आरोप छ।
त्यस्तै उनले सरकारी गाडी तोडफोड, आगजनीमा समेत संलग्न रहेको आरोप छ।