स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले केही समय नेतृत्व नयाँ पुस्तामै जाने बताएका हुन्।
'जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ। केही समय लाग्नसक्छ। अप्ठ्याराहरू हुन सक्छन्। अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ। नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ। तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन,' उनले भने।
उनले त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गरेका हुन्।
मन्त्री पौडेलले विद्यार्थी संगठनहरुबीचमा एकता कायम गरेर अघि बढ्न सक्नुपर्ने पनि बताए। साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अघि अघि बढ्नसक्ने स्थिति भए विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि हस्तक्षेप गर्नसक्ने बताए।