बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका –९ कुसुममा बसको ठक्करबाट स्थानीय ३२ वर्षीय सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय कोहलपुरको सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक पदम खड्काका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक कुसुमकै ३७ बर्षीय हिरासिंह वली गम्भीर घाइते भएका छन्।
वलीलाई उपचार कोहलपुरस्थित मेडिकल कलेजमा भइरहेको खड्काले बताए।
पूर्व –पश्चिम राजमार्ग अन्तरगत बुधबार बिहान साढे ११ बजेतिर पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–० ६ ख ३५९३ नम्बरको बसले एकै दिशा तर्फ गइरहेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो।
चालक र बस कुसुम प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।