काठमाडौंको तीनकुने घटनामा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खेमराज सेढाइलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए।
उनी आगजनी र तोडफोडमा संलग्न भएको आरोप छ।
योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ। प्रहरीले २५ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। त्यसमध्ये पनि ८ जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले आपराधिक उपद्रवमा पक्राउ परेकाहरू ३३ जनालाई हाजिर जमानीमा राखेको छ।