सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन्।
बिहीबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको आरोप लगाएका छन्।
बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकेको थियो। सोही क्रममा प्रहरी र आन्दोलनरत डाक्टरबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो। त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गरेका छन्।
चिकित्सक संघले आफ्ना मागहरू पूरा नभए वैशाख १२ गते देशभरका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ।
उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन्।
-1745486190.jpg)
-1745486189.jpg)
-1745486189.jpg)
-1745486187.jpg)
-1745486187.jpg)
-1745486188.jpg)
-1745486188.jpg)
-1745486186.jpg)
-1745486186.jpg)
-1745486185.jpg)
-1745486185.jpg)
-1745486184.jpg)
-1745486184.jpg)
-1745486183.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी