चीनको डान्सबारमा एक जना नाबालिकालाई बेचेको आरोपमा फरार रहेका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले ओखलढुंगा घर भई काठमाडौंको ठमेल बस्ने ३० वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो।
नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
पीडित बालिकालाई २०७० फागुन ११ गते चीनको खासास्थित छिरिङ डान्सबारमा लगेर १८ हजार रूपैयाँमा बेचबिखन गरेको आरोप उनीमाथि छ। उक्त घटनापछि उनी फरार थिए।
उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।