अमेरिकी डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अमेरिकी डलर ६० हजार एक सयसहित ४० वर्षीया भारतीय नागरिक सोनी गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ।