लाङटाङ राष्ट्रिय निकुञ्जमा बिरामी परेका एक जना इसराइली नागरिकको उद्धार भएको छ।
नेपाली सेनाको टोलीले इसराइली नागरिकको उद्धार गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बिरामी परेका इसराइली नागरिकलाई सेनाको टोलीले करिब दुई घण्टा पैदल बोकेर शेर्पा गाउँसम्म पुर्याएका थिए।
त्यहाँ प्राथमिक उपचार पछि सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ।