गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भूकम्प स्मृतिमा बिदा दिने भएको छ।
अध्यक्ष विष्णुप्रसाद भट्टले सूचना निकालेर वैशाख १२ गते गाउँपालिकाभर बिदा दिइएको उल्लेख गरेका हुन्।
२०७२ वैशाख १२ गते बारपाक केन्द्र रहेर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
गाउँपालिकाले त्यसपछि वर्षेनी भूकम्प स्मृतिमा बिदा दिँदै आएको छ भने बारपाकस्थित हिमालय मावि प्राङ्गणमा भूकम्प सम्बन्धी फोटो प्रदर्शनी, जनचेतनामूलक कार्यक्रम र श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको छ।
