वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ।
शनिबार काठमाडौंको माइतीघर मण्डलमा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाको लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ? खोइ स्वच्छ हावा, हिँडौं, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदुषित वायु प्रदूषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन्? लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।