साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बहस सुरू भएको हो। अहिले सरकारी वकिलले बहस सुरू गरेका छन्।
थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन्।
लामिछानेकोतर्फबाट भने थप ४ जना कानुन व्यवसायीको वकालतनामा परेको छ।
यसअघि लामिछानेकोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त र अधिवक्ताहरू नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको थियो। पछि फेरि वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेनाले वकालतामा दर्ता गराएका अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।
योसँगै लामिछानेकोतर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्।
सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्।