पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१प०३१० नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई सडकबाट खसेको थियो।
मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार मृतक ऋषिङ गाउँपालिका ६ चालिसे घर भई व्यास नगरपालिका ५ पाटन बस्ने करिब १९ वर्षीय सन्दिप आले र वर्ष ४० की मधुमाया आलेको दुर्घटनामा मृत्यु भएको हो।
‘हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ’, उनले भने।