शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी छन्।
उनले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताएकी हुन्।
सरकारले ल्याएको अध्यादेशमा निवृत्तिभरण ऐनको बारेमा पनि उल्लेख भएको बताउँदै उनले निवृत्तिभरण कोषमा शिक्षक सेवा समावेश कहिले भन्ने प्रश्न रहेकोमा सोही बारेमा मन्त्रिपरिषद् बैठकमा आफूले कुरा राखेको र छलफलमा ऐन बनेपछि (२०८१) बाट मात्रै निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुने स्पष्ट भएको बताइन्।
‘निवृत्तिभरण ऐनको बारेमा जुन अध्यादेशमा आयो, त्यसमा शिक्षक सेवा पनि समावेश हुने निवृत्तिभरण ऐन कोषमा भन्ने आयो। त्यसमा शिक्षकहरूमा केही कन्फ्युजन थियो। कहिलेबाट भनेर। मैले मन्त्रिपरिषदमा यो विषय प्रवेश गराएँ। त्यहाँ जबबाट ऐन बन्यो त्यहीलेदेखि नै होला। २०८१ सालबाट मात्रै उहाँहरू त्यसमा समावेश हुनुहुन्छ। अगाडिको शिक्षकहरू पेन्सनकै प्रावधानमा रहनुहुन्छ,’ सिंहदरबारमा सोमबार पत्रकारहरूसँग उनले भनिन्।
(न्युज एजेन्सी नेपाल)