मानव बेचबिखनविरूद्ध काम गर्दै आएको कीन इन्डियाले एक वर्षमा १४५ जनालाई उद्धार गरेको छ।
सन् २०२४ मा भारतका विभिन्न सहरमा बेचबिखनमा परेका तथा उच्च जोखिममा रहेका एक सय ४५ जना नेपालीलाई उद्धार गरेको हो।
महिला, बालबालिका र पुरूषलाईसमेत उद्धार गरेर स्वदेश फर्काइएको कीन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले जानकारी दिए।
उनका अनुसार सन् २०२४ मा नेपाल र भारतमा गरी २६ वटा घटनामा आरोपितहरू विरूद्ध मुद्दा दर्ता भएको छ। संस्थाले जीएसआइएफ, शुभअवसर ग्राम नेपाल, शक्ति समूहलगायतको सहकार्यमा काम गरिरहेको छ।
उद्धार तथा स्वदेश फिर्ताको क्रममा नेपाल सरकारका निकायहरू, नेपाल प्रहरी, नेपाली राजदुतावास, भारतीय प्रहरी तथा भारत सरकारले सहयोग गर्ने संयोजक भट्टराईले जानकारी दिए।