हिरासतको तस्बिर सार्वजनिक गरेको आरोप लागेका डा. निकोलस भुसालको मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएको छ।
बिहिबार कास्की अदालतमा उनी बयान दिन उपस्थित भएका थिए।
बयान नसकिएपछि अदालतले उनलाई हिरासतमा फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त शर्माले जानकारी दिए।
'उहाँ फेरि पक्राउ पर्नुभएको होइन। उहाँमाथिको अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता भएको थियो। अदालतमा बयान नसकिएपछि उहाँलाई अदालतले हिरासत फिर्ता पठाइएको हो, ' डिएसपी शर्माले भने।
भुसालविरुद्ध साइबर अपराधको कसुरमा बुधबार मुद्दा दर्ता भएको थियो।
यसअघि प्रहरीले उनलाई पुस ७ गते पक्राउ गरेको थियो।
अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले उनलाई बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।