प्रहरीका विशिष्टीकृत कार्यालय र उच्च अधिकारीको नाम प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई इमेल पठाइएको भन्दै त्यसबारे सचेत रहन अनुरोध गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले यसबारे जानकारी दिएका हुन्।
प्रहरीका अनुसार कार्यालय र उच्च अधिकारीहरू हो भन्दै चेतावनीयुक्त मेलहरू पठाइएको खुलेको हो। यस्ता मेल आएको भन्ने उजुरी परेपछि ब्युरोले विज्ञप्ति जारी गरेको हो।
‘ब्युरो लगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू होक्स भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
यसबारे थप बुझ्न परे ब्युरोमा सम्पर्क गर्न पनि भनिएको छ।