सवारी दुर्घटनामा एक किशोरको मृत्युपछि आफन्तले बन्द गराएको सडक खण्ड खुलेको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर–३ बसन्तपुरका १८ वर्षीय सोनु गुरूङको सोमाबार बेलुकी मृत्यु भएको थियो।
दोषी चालकमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले मंगलबार बेलुकी ४ बजेदेखि करिब ५ बजेसम्म एक घन्टा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका थिए।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–२ लालमटिया कटेसनाला नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ६ बजेतिर ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते गुरूङको राति नै उपचारका क्रममा मृत्यु भएको थियो। ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।