सहकारी ठगी कसुरमा पूर्व-डिआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको बयान लिन सरकारी वकिलको कार्यालय काठमाडौं पुर्याइएको छ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचनलको आरोपमा प्रहरीले उनलाई बयानका लागि काठमाडौं ल्याएको हो। उनलाई बिहीबार सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरिएको छ।
जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको थियो।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए।
त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो।
लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
जोशीको बयानपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ। यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो।