शेष घले संयोजक रहेको गैरआवासीय नेपाली संघ,उच्चस्तरीय समितिको पहिलो बैठक आह्वान भएको छ।
गैरआवासीय नेपाली संघका पूर्वअध्य्यक्ष समेत रहेका घलेले मंगलबार विज्ञप्ति जारी गरेर मंसिर ८ गतेको लागि बैठक बोलाएका हुन्।
सर्वोच्च अदालतले गत चैतमा गरेको फैसलाले उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएको र समितिलाई एकताको महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले दिएको निर्देशन अनुसार बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख छ।
गैरआवासीय नेपाली संघको कार्यालयको बैठक कक्षमा विविध विषयमा छलफल गरी निर्णय गर्नको निम्ति उच्चस्तरीय समितिको बैठक आव्हान गरिएको घलेले जानकारी गराएका छन्।