कालीकोटको पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा परेका ५ जना घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाका अनुसार दुर्घटनामा परि १३ जना घाइते भएका छन्।
थप घाइतेलाई उद्धारका लागि पुनः हेलिकप्टर गएको छ। नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी सुर्खेत स्थित प्रादेशिक अस्पतालमा लगिएको छ।
पलाँता गाउँपालिका–६ को वडा नम्बर ९ को थिर्पुतर्फ जाँदै गरको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को काप्रे खोलामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी ६* जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष अलैपुरा जैशीले दिएको जानकारीका आधारमा यसअघि लेखिएको विषय फरक पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ- सम्पादक