दाङमा जुवा खेलिरहेका दस जना पक्राउ परेका छन्।
आइतबार बिहान १ बजे तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टाबाट प्रहरीले जुवा खेलिरहेका दस जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका – १७ का ५७ वर्षीय भिम वली, ४९ वर्षीय लुमासिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली छन् ।
त्यस्तै तुलसीपुर – १७ कै ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, घर धनी ५१ वर्षीय देवबहादुर वली र घोराही उपमहानगरपालिका– ९ अश्वाराका ४९ वर्षीय बालाराम वली पक्राउ परेका छन्।
उनीहरुको साथवाट एक लाख ३३ हजार ११० रुपैयाँ बरामद भएको डिएसपी थापाले जानकारी दिए।
स्थानीय देवबहादुर वलीको घरमा ठूलो धनराशी हारजित हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा डिएसपी थापाको कमाण्डमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरवाट खटिएको टोलीले मध्य राति छापा हानेको थियो।
प्रहरीले जुवा खेलिरहेको ठाउँबाट कौडा र तासपनि बरामद भएको बताएको छ।
उनीहरु माथि थप अनुसन्धान हुने तथा जुवा ऐन अन्तर्गत मुद्दा चलाइ कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।