दाङ तुलसीपुरको जंगल बीचको खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
सल्यान जिल्लाको कपुरकोट गाउँपालिका – ४ डाँडापानी घर भएकी २८ वर्षीया मिना कठायत दाङ तुलसीपुर उपमहानगरपालिका – ३ स्थित जंगलबीचको अंगेरी खोलामा मृत अवस्थामा शनिबार दिउँसो फेला परेकी हुन।
मिना हाल दाङ तुलसीपुर उपमहानगरपालिका – ३ श्रीगैंमा डेरा गरी दुई छोरा छोरीको साथमा बस्दै आएकी थिइन। उनका श्रीमान भने वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मिना तीन दिन अघि मात्रै ससुरा कर्णबहादुर कठायत र एक स्थानीयसँग झारफुक गराउन गएकी थिइन्।
त्यो दिन उनी घर फर्किएकी उनी अर्को शुक्रबार पनि झारफुक गराउन जाने भनेर घरबाट निस्केकी थिइन्।
शुक्रबार झारफुक गराउन भनेर गएकी मिना त्यो दिन घर नफर्केपछि ससुरालगायत आफन्त मिलेर खोजी गर्ने क्रममा जंगल बीचको अँधेरी खोलामा शनिबार दिउँसो साढे १ बजेतिर मृत फेला परेकी हुन्।
उनी मृत भेटिएपछि कर्णबहादुरले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर दिएका थिए। सूचनापछि प्रहरी निरीक्षक थापाको कमाण्डमा पाँच सदस्यीय टोली खटिएको थियो।
घटनास्थलमा मृतको चप्पलपनि फेला नपरेको तथा शरिरमा गम्भीर घाउ खतहरु देखा परेको थापाले बताए।
शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखेर घटनाको अनुसन्धान भइरहेको थापाले बताए।