कैलालीमा सुधार केन्द्रमा एक युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिई साेधपुछ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार घटनापछि मृतक युवकका परिवारले घटनाबारे साेधपुछ गर्न प्रहरीलाई आग्रह गरेका थिए।
साेहीअनुसार सुधार गृह सञ्चालककाे टिमलाई नियन्त्रणमा लिई साेधपुछ भइरहेको उनले बताइन्।
घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो।