काठमाडौंको शंखपार्कमा एक पुरूष मृत भेटिएका छन्।
सोमबार बिहान ९ बजेतिर पार्कमा एक पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
अन्दाजी ३०/३५ वर्षका पुरूष रहेको र उनको पहिचान भइ नसकेको एसपी अधिकारीले बताए।
मृत भेटिएको स्थानमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरीको टोली खटिएको उनले बताए।