काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका वडा नम्बर १० आयुर्वेद अस्पतालअगाडि सडकखण्डमा बा ३ ख २०२७ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
आइतबार दिउँसो २:४६ बजे आयुर्वेद अस्पतालबाट निस्किएको स्कुटरलाई जोगाउने क्रममा बस अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटनामा घाइते भएका एक जनाको कीर्तिपुर अस्पतालमा मृत्यु भएको जानकारी आएको अधिकारीले बताए।
दुर्घटनामा अन्य तीन जना घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ।
बैतडी घर भई कीर्तिपुर बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया बिमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते छन्। पन्त र श्रेष्ठको उपचारको लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।
चालक लामालाई ट्रमा सेन्टरमा लगिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
*सम्पादन गरिएको