नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको आज निधन भएको छ।
किरणको ९४ वर्षको उमेरमा निधन भएको हो।
स्वर्गीय किरणको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ।
किरणले वि.सं. २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। पछि उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रूपमा रहेर सेवा गरेकी थिइन्।
२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गरेकी हुन्। उनी २०४६ सालमा सेवा निवृत्त भएकी थिइन्। किरण शिक्षा सेवी र सामाजिक व्यक्तित्वको रूपमा चिनिन्छन्।