काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताएका छन्।
खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो। महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिएको थियो।
शनिबार खुलामञ्चका सटर भत्काएपछि मेयर शाक्यले उपमेयरले प्रतिवेदन दिन ढिलाइ गरेकोले डोजर लगाएर सटर भत्काउनुपरेको प्रतिक्रिया दिए।
‘उपमेयरको प्रतिवेदन आउन ढिला हुने भएकोले डोजर लगाएर सटर भत्काउनुपर्यो,’ मेयर शाक्यले भने। मेयर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गर्न उपमेयरलाई जिम्मेवारी दिए पनि उनले अटेर गर्दा भत्काउन समय लागेको पनि दाबी गरे।
उपमेयर खड्गीले खुलामञ्च अतिक्रमण गरि बनाइएका टहरा महानगरले भत्काएको बताइन्। ‘अनुमतिबेगर बनाइएका टहरा भत्काइयो,’ उनले भनिन्, ‘जे भयो राम्रै भयो।’
सम्बन्धित समाचारहरू :
विद्यासुन्दर भन्छन्- मलाई आफ्नै उपमेयरले टेर्नुभएन, अरू कसले टेर्छ? (भिडिओ)
खुलामञ्चमा डोजर चलेपछि...(फोटोफिचर)
खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काइयो