चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन्।
साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए।
सो अवधिमा १८८ वटा सडक दुर्घटनामा परी १७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए। सबैभन्दा बढी १२० वटा मोटरसाइकल दुर्घटना भएको थियो। सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्वाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडाल बताउँछन्।
रासस