प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन्।
प्रहरी महानिरीक्षक अर्यालले भने, ‘शान्ति सुरक्षा केबल चिया पसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभई नागरिक सहभागिता र संघीयताको पनि विषय पनि बन्नुपर्छ।’
उनले प्रहरी कर्मचारीले समय समयमा गर्ने गैरव्यावसायिक क्रियाकलापले संगठनको शाख र जनताको विश्वासमा धक्का लागेकाले यस्ता कर्मचारी र प्रहरीलाई कारवाही गर्न कुनै कसुर बाँकी नराखिने बताए।
कार्यक्रममा प्रहरी प्रधान कार्यालयका एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पंकज श्रेष्ठ, प्रदेश नम्बर १ का प्रहरी प्रमुख पशुपति उपाध्याय, मेची अञ्चल प्रहरी प्रमुख पिताम्बर अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक केदार रिजाललगायत जिल्लाका कार्यालय प्रमुख तथा स्थानीयवासीको उपस्थिति थियो।
रासस